FLASH NEWS

रविलाई संसदमै कांग्रेस सांसदले सिधै सहकारी ठग भनेपछि


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १३:३४ मा प्रकाशित ४३३३ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री र गृहमन्त्रीमाथि काँग्रेस कठोर बनेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा रवि लामिछानेलाई सिधै सहकारी ठग भन्दै आलोचना गरेको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सभामुखको ध्यानाकर्षण गराउँदै बोल्नका मागेको समयमा कांग्रेस सचेतक सुशीला थिङले पाएको समयमा उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरिन् । कानुनी व्यवस्थाको विपरीत लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेकी हुन् ।


पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सिंगो सचिवालय नै सुन तस्करीमा संलग्न रहेको समेत उनले आरोप लगाईन ।

विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै त्यसमा कांग्रेसको आपत्ति रहेको भन्दै उनले भनिन्– ‘उहाँले क्लीन चिट मन्त्री कसरी ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएर ल्याउनुभएछ । साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ । के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैँलाई ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला ? प्रधानमन्त्रीले दिने कि नदिने ?’