FLASH NEWS

राप्रपाले दिएन प्रधानमन्त्रीलाई बिश्वासको मत ! लिङ्ग्देनले दलहरुलाई यतिसम्म भने


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १३:४४ मा प्रकाशित ७७५३ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई राप्रपाले बिश्वासको मत नदिने निर्णय गर्दै आफ्नो मत विपक्षमा दिएको छ। प्रतिनिधि सभामा बोल्दै राप्रपा अधक्ष राजेन्द्र लिङ्ग्देनले आगामी बन्ने सरकारलाई राम्रो गर्न शुभकामना समेत दिए तर यस्ता झूठा आश्वाशन अब जनताले नपत्याउने पनि सुनाए।


सरकार बनाउने र गिराउने चलखेलमा राप्रपा नलाग्ने भन्दै सरकारमा ठूला भ्रस्टाचारी तथा विवादित मान्छेहरु रहेका कारण जनताले अपेक्षा राख्न नसक्ने बताए। मन्त्रि बनेका व्यक्तिहरु आफैं आफ्नो अनेक काण्ड ढाकछोप गर्न तथा केस मिलाउनलाई सत्तामा आएको गम्भीर आरोप राप्रपा अधक्षले हालको गठबन्धनलाई लगाए।

पहिले राप्रपासंग बनेको सरकार समिकरणमा प्रचण्डले दिएको धोका स्मरण गराउदै प्रचण्डबाट फेरी पनि धोका हुँदैन भन्ने अवस्था नरहेको स्मरण गराए।

अन्तिममा प्रचण्डलाई अन्तिम गल्ति नगर्न तथा अब राजा र धर्मलाई गालि नगर्न चेतावनी दिए।