FLASH NEWS

राष्ट्र र जनताका पक्षमा अझ राम्रा काम गर्न आफूलाई जिम्मेवारी रहयो: प्रधानमन्त्री


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १६:५९ मा प्रकाशित ६६१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताका पक्षमा अझ राम्रा काम गर्न आफूलाई जिम्मेवारी रहेको प्रतिक्रिया दिएका छन्।


प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राम्रा काम तीब्र गतिमा अघि बढाउने आफूलाई जिम्मेवारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,‘नयाँ राजनीतिक समीकरणसहित आज फेरि विश्वासको मत लिँदाखेरिको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिव रह्यो । मैले फेरि पनि भन्न चाहन्छु । मेरो जिम्मेवारी अझ बढेको छ। मेरो काँधमा जिम्मेवारी थपिएको छ। म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु।’

उनले राष्ट्र र जनताका पक्षमा अझ राम्रा काम तीब्र गतिमा गर्ने जिम्मेवारी रहेको बताए।

मतदानमा २६८ जना सहभागी थिए। प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो।

प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।