FLASH NEWS

शक्ति राष्ट्रबीचको ध्रुवीकरणले साना मुलुकको अस्तित्वलाई अक्षुण राख्न चुनौती थपियो : प्रधानसेनापति


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार २२:४१ मा प्रकाशित ८९५ पाठक संख्या

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको बताएका छन् ।


रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् ।

उनले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नु हुँदै विश्वका शक्ति राष्ट्र बिचको प्रत्यक्षरपरोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण राख्न चुनौती थपिएको बताए ।

प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधि सञ्चालन गर्न प्रयत्नशील हुने अवस्था रहेको उनको भनाई छ ।