FLASH NEWS

आज काठमाडौंमा बृहत जनप्रदर्शन गर्दै राप्रपा नेपाल


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार ०९:४० मा प्रकाशित ८१७ पाठक संख्या

काठमाडौं –  राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना लगायतका माग राख्दै आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।


दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको हो ।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ ।

आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने छन् ।