FLASH NEWS

ह्वातै बढयो सुनको भाउ, कतिमा कारोवार हुदैछ ?


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १२:३३ मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।


आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।