FLASH NEWS

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १७:१८ मा प्रकाशित ७६३ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।