FLASH NEWS

रुसी सेनामा थप ७ नेपालीको मृत्यु


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १९:२८ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं – रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो।


मन्त्रालयले बिहिबार विज्ञप्ती जारी गर्दै मृतकको नाम र ठेगाना सार्वजनिक गरेको छ। मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ। मन्त्रालयले रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ।