FLASH NEWS

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १५:३३ मा प्रकाशित ४७५ पाठक संख्या

काठमाडौं । प्रनिनिधिसभालाई  नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।