FLASH NEWS

रविको राजिनामा माग्दै संसद पटक -पटक स्थगित हुँदै अन्त्य भएपछी


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १६:२६ मा प्रकाशित ५६७१ पाठक संख्या

काठमाण्डौ। आजको संसद यत्तिकै अन्त्य भएको छ। कांग्रेसले संसद अवरोध गरि केहि समय स्थगित गरीएको संसद अन्तत : कांग्रेसले चल्न नै नदिएपछि संसद अन्त्य भएको हो। नेपाली कांग्रेसले जोडदारसंग गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरिरहेको छ।


गृहमन्त्री रवि लामिछाने आफैं सहकारी काण्डमा विवादित पात्र भएका कारण उनले राजिनामा नदिई गृहमन्त्री पदमै बसिरहँदा न्याय प्रभावित हुने भन्दै कांग्रेसले रविको राजिनामा मागेको हो। प्रतिनिधि सभामा सभामुखले रविलाई बोल्ने समय दिनासाथ कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेको थियो।