FLASH NEWS

भरूवा बन्दुकसहित एकजना पक्राउ


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १७:१२ मा प्रकाशित ८११ पाठक संख्या

कञ्चनपुर । कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने मोहन रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।