FLASH NEWS

कृष्णबहादुर महरा, बिनोद चौधरी तथा सुन तस्करहरुलाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १२:३८ मा प्रकाशित ६४७५ पाठक संख्या

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । साथै, बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत उनले निर्देशन दिएका छन् ।


आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न समेत उनले आग्रह गर्दै आवश्यक कारवाहीको निर्देशन दिएका हुन् ।

यो संगै विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने प्रक्रिया सुरु गर्न लागेको बुझिएको छ ।