FLASH NEWS

इलाम २ मा उम्मेदवारी दिने राप्रपाको तयारी ! लक्ष्मी गुरुङको नाम चर्चामा


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १२:५७ मा प्रकाशित ४२१३ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। राप्रपाले गत फागुन २८ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट इलाममा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।  उम्मेदवारि दिनको लागि झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देन नेतृत्वमा राप्रपाले उपनिर्वाचनका लागि इलाममा विभिन्न कार्यक्रमहरू र भेटघाट गरिरहेका छन्।


उपनिर्वाचनमा राप्रपाबाट लक्ष्मी गुरूङ उम्मेदवार हुनेकुरा चर्चित बनेको छ। पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएकी उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी पूर्वउपाध्यक्ष समेत हुन्।

०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

राप्रपाले उपनिर्वाचन हुने इलाममा आन्तरिक रूपमा विभिन्न कार्यक्रमहरू जारी राखेको छ। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।