FLASH NEWS

वीरगञ्जमा कम्बल वाले बाबालाई लिएर तनाव


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १७:२० मा प्रकाशित ४८७ पाठक संख्या

वीरगंज, ४ चैत ।  वीरगंजमा केही दिनदेखि सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबालाई लिएर तनाव उत्पन भएको छ। वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा लिएर  चिनिमिल क्षेत्रमा प्रहरि र सर्वसाधारण जनताबीच तनाव भएको हो।


अपाहिज, लकवा, पोलियो, लुडो, लंगडोलाई निःशुल्कमा उपचार गर्दै आएका कम्बल बाबालाई पर्सा प्रहरीले पक्राउ गरेको सूचना बहिरिएसँगै स्थितीितनावग्रस्त बनेको बताइएको छ।