FLASH NEWS

भैरहवाबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो, सीआईबीको नियन्त्रणमा


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार ११:४९ मा प्रकाशित ७८१ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ ।


महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।
लुम्बिनीबाट पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो। महरालाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए ।
काठमाडौं ल्याइएसँगै उनलाई सीआईबीमा लगिएको छ । महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको हो ।

भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सुन तस्करीसम्बन्धी छानबिन आयोगले महरालाई पक्राउ गरेर मुद्दा अगाडि बढाउन सिफारिश गरेको थियो ।

आयोगको सिफारिशबमोजिम महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतवार प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए ।