FLASH NEWS

झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १२:१८ मा प्रकाशित ४०३ पाठक संख्या

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २४ गते साधारणसभा बोलाएको छ ।


कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्ने  छ । सभा चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।