FLASH NEWS

बागलुङको निसीखोलामा बस दुर्घटनाः सातको मृत्यु, २० जना घाइते


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २०:१४ मा प्रकाशित ९२५ पाठक संख्या

ढोरपाटन – बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार साँझ दुर्घटना भएको हो ।


दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए । दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीको भनाई छ । बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।