FLASH NEWS

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गरिने


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २०:३९ मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौँ – सत्तारुढ दलहरूले साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गर्ने तयारी गरेका छन् ।


नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा साझा कार्यक्रम सार्वजनिक गरिने छ ।

गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन् । सो कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।