FLASH NEWS

पोखराको काहुँडाडाँमा भीषण आगलागी


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २२:४८ मा प्रकाशित ७६९ पाठक संख्या

पोखरा – पोखराको काहुँडाडाँमा सोमबार बेलुकी भीषण आगलागी भएको छ। बेलुकी ७ बजेदेखि सुरु भएको आगलागी राती अबेरसम्म नियन्त्रणमा आएको छैन।


पोखरा महानगरपालिका–११ काहुँको जंगलमा आगो लागेको हो। आगलागी नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले बताए।

‘आगो नियन्त्रण गर्न सहज छैन। बस्तीमा आगो पस्न नदिन विशेष सतर्कता अपनाइएको छ। मणिपाल शिक्षण अस्पतालको माथिल्लो भेगको ठाडो र भिरालो खर्‍यान क्षेत्रमा आगो लागेको हो। बस्ती नजिक त गएको छैन। तर, निभाउन भने सहज छैन,’ उनले भने।

उनका अनुसार मणिपाल अस्पताल क्षेत्रमा आगो बढ्ने त्रास भएपनि दमकल सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ।