FLASH NEWS

बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १२:१३ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ ।


कम्पनीका अनुसार बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशित गरी (साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७–७८ को नाफबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।