FLASH NEWS

दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा बहस सकियो, फैसला चैत १२ गते सुनाउने


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १९:०६ मा प्रकाशित ७९९ पाठक संख्या

काठमाडौं – चिकित्सा शिक्षा आयोगविरुद्ध बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा बहस सकिएको छ ।


मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको हो ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए ।

रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए ।