FLASH NEWS

उमा ज्ञवालीले लगाइन् एसएसपीको फुली


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार २३:५० मा प्रकाशित ८११ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकी उमा ज्ञवालीले दर्ज्यानी चिन्ह पाएकी छिन् ।


मंगलबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी ज्ञवालीलाई एसएसपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

उनलाई गत फागुन १३ गते एसएसपीमा बढुवा सिफारिस गरिएको थियो । उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।