FLASH NEWS

डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा सशस्त्र प्रहरीले गर्‍यो बरामद


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १२:०३ मा प्रकाशित २८९ पाठक संख्या

सुनसरी । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा सुनसरीले बुधबार बिहान १ः३५ बजेको समयमा बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।

आधा दर्जन व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको बताइएको छ ।

रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाएको छ ।

दुई दिनअघि मात्र सो गणले ५५ किलो गाँजा बरामद गरेको थियो भने एक महिनाअघि एम्बुलेन्सबाटै गाँजा बरामद गरेको थियो ।