FLASH NEWS

ह्वातै घटयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार ११:०१ मा प्रकाशित ६६१ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।


यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको पनि तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।