FLASH NEWS

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार ११:१७ मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौं ।सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन । उनले फिल्मको नाम सोचिरहेको बताईन  ।


नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन ।

मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ ।

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।

फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।