FLASH NEWS

देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँछु : राजेन्द्र लिङ्देन


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार १२:५५ मा प्रकाशित ६१९ पाठक संख्या

सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् ।


सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा बढेको बताए ।

सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले भने,‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ ।सरकारका गठबन्धनका लागि निर्माण भएको गठबन्धन स्वार्थ समूहको गठजोड हो ।’

वर्तमान सता गठबन्धनलाई उनले ‘स्वार्थ समूहको गठजोड’को संज्ञा दिए ।

अध्यक्ष लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताए।