FLASH NEWS

एक पसलमा अज्ञात समूहद्वारा आगजनी


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार १५:५१ मा प्रकाशित ६७३ पाठक संख्या

बझाङ। बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ। खप्तडछान्ना गाउँपालिका–४ मा रहेको एक पसलमा बुधबार बिहान आगलागि गरिएको हो।


जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको हो। भुइतले तीन कोठे उक्त पसलमा आज बिहान करिब १० बजेतिर अपरिचित व्यक्तिले आगजनी गरेको अनुसन्धानबाट खुलेको सुचना अधिकारी चौधरीले बताए।

आगलागिबाट पसलमा रहेका दुई वटा प्रेसरकुकर लगाएत अन्य सामानहरु जलेर नष्ट भएका छन् भने पसलमा आशिंक क्षति पुगेको छ। यस्तै पसलबाट चाउचाउ बिस्कुट लगाएतका सामानहरु समेत चोरी भएको बताइएको छ। आगजनी गर्ने व्यक्तिको खोजि कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ।