FLASH NEWS

कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छैन : प्रदीप पौडेल


नेपाल आवाज १० चैत्र २०८०, शनिबार १४:३७ मा प्रकाशित ७६९ पाठक संख्या

दाङ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूहरुले गृहमन्त्रीको राजीनामा नमागेको बताएका छन् ।


शनिबार दाङ पुगेका नेता पौडेलले यस्तो बताएका हुन् । नेता पौडेलले आफूहरुले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

नेता पौडेलले आफूहरुलाई सत्तामा जाने कुनै हतारो नभएको दाबी गरे ।

नेता पौडेलले भने, ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन । हामीलाई परिस्थितिले नै सत्तामा लान्छ । यो गठबन्धन आफैं ढल्छ, अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ ।  हामीले अहिले गृहमन्त्रीको राजीनामा भनेको होइन ।राजीनामा दिने र नदिने उहाँको नैतिकताको विषय हो । हामीले छानबिन हुनुपर्छ, छानबिन प्रभावित हुनु हुँदैन भनेका हौं।’

उनले प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय उठाएको जिकिर गरे ।

उनले संसदबाट सबै कुरा टुंग्याउनुपर्छ भन्ने सिद्धान्त बोकेका पार्टी भएकाले अवरोध गर्ने पक्षमा कांग्रेस नरहेको बताए ।