FLASH NEWS

आइपिएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान !


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार ०९:१७ मा प्रकाशित ५७१ पाठक संख्या

काठमाडौँ । शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।


शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ ।

यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९।४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए ।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन् । यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६।७ करोड मानिसले हेरेका थिए । यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३।३ करोड मानिसले हेरेका थिए ।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २।९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो । जियो सिनेमा एप २०२३ सिजन देखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो। रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २।९ बिलियन डलर ९ २३ हजार ९१७ करोड भारु० मा आइपिएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो ।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरुलाई भारत भित्र निस् शुल्क आइपिएल खेल देखाइरहेको छ ।

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने किर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शिर्ष तीन स्थानमा रहेका छन् । त्यस्तै चौथो स्थानमा २०२३ को एकदिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५।२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए । त्यस्तै सोहि विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४।४ करोडले हेरेका थिए ।