FLASH NEWS

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १८:११ मा प्रकाशित ४२७ पाठक संख्या

डोटी । डोटीमा बिसु पर्व ९नयाँ वर्ष०को अवसरमा घर पोत्नका लागि माटो निकाल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।


आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभाको आइतबार दिउँसो अढाई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ।

भागादेवीसँगै माटोको ढिस्कोले च्यापिएकी ५० वर्षीया पार्वती खड्काको जीवितै उद्धार गरिएको छ। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।