FLASH NEWS

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले टस हारेर बलिङ गर्दै


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार १३:०६ मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्ध टस हारेको छ ।दुई खेलको टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सका कप्तान निल रकले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।


यस खेलमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा खेल्दै छन् । नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड वोल्भ्ससँग दोस्रो खेल भोलि खेल्दै छ ।