FLASH NEWS

आज यस्तो छ सुनको भाउ


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार ११:३० मा प्रकाशित ५५९ पाठक संख्या

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख २६ हजार ४ सय रूपैयाँमा कारोवार भएको हो । सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।


त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १५ सय ५ रूपैयाँ कायम भएको छ ।