FLASH NEWS

सहकारि ठगको पहिलो नम्बरमा गृहमन्त्री रविको नाम : यस्तो छ किटानी जाहेरिको प्रमाण


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार २२:५० मा प्रकाशित १०५८५ पाठक संख्या

काठमाडौ । सहकारी ठगिमा प्रधानमन्त्रीले गृहमन्त्री रवि लामिछानेको कतैपनी जाहेरिमा नाम छैन भनेर संसदमा बोलेको कुरा झूठो सावित भएको छ ।

चैत ६ गते प्रधानमन्त्री दाहालले भनेका थिए, ‘हालसम्मको अनुसन्धानले उहाँ (रवि) सहकारीको सञ्चालन समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन । ”


तर,पूरक जाहेरीमा कसुर गर्नेहरुको सूचीको पहिलो नम्बरमै रवि लामिछानेको नाम रहेको प्रमाण नेपालआवाज डट कमलाई फेला परेको छ । सूर्यदर्शन सहकारीमा रविको खाता नम्बर समेत उल्लेख गरि जाहेरी परेको प्रमाण फेला परेको हो ।

रवि लामिछाने लगायतका व्यक्तिहरुलाई यथाशीघ्र पक्राऊ गरी कारवाही गर्न र पीडितको रकम फिर्ता गराउनुका साथै क्षतिपूर्तिसमेत भराउन माग गर्दै यस्तो जाहेरी परेको छ ।

सोही पूरक जाहेरीको ५ नम्बर सूचीमा नाम रहेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई भने प्रहरीले हिरासतमा राख्ने तर नम्बर १ मा रहेका गृहमन्त्री रवि चोखिने ? यस्तो कसरी भयो ?

हेर्नुहोस् ०८० माघ २२ गते कास्की जिल्ला प्रहरी कार्यालयमा २५ जना सहकारी पीडितले पेश गरेको पूरक किटानी जाहेरी जस्ताको त्यस्तै –