FLASH NEWS

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ०७:५५ मा प्रकाशित ४६९ पाठक संख्या

काठमाडौँ । ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।


यस अघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए ।त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।