FLASH NEWS

कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ११:१५ मा प्रकाशित ५४७ पाठक संख्या

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


१-० गोल अन्तरले पछि परेको अर्जेन्टिनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक अलिस्टर र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यसैगरी कोस्टा रिकाका लागि एक गोल म्यान फ्रेड उगाल्डले गरेका थिए ।अर्जेन्टिनाका लागि यस खेलमा लियोनेल मेसी खेलेका थिएनन् ।