FLASH NEWS

भीआईपी सुरक्षाका नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा धोएर बस्दैनन् : गृहमन्त्री


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १९:३१ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपीलाइ सुरक्षा सुविधाको नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा धुन नजाने बताएका छन्।


प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सांसदहरूले उठाएका प्रश्नको जवाफमा दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले भने,‘सुविधाका नाममा हाम्रा राष्ट्र सेवकहरू कसैको भाडा माझेर बस्दैनन्, कसैको लुगा धोएर बस्दैनन् र कसैको प्रतिष्ठाको लागि त्यत्तिकै अगाडि पछाडि हिँड्दैनन् । सुरक्षा चुनौती छन भन्ने हाम्रो जिम्मेवारी हो । सुरक्षाकर्मी राख्ने कुरालाई कसैले प्रतिष्ठाको विषयमा बनाउने कुरामा समितिको समर्थन रहँदैन होला ।’

गृहमन्त्री लामिछानेले कसैलाई सुरक्षा चुनौती भए प्रशासनले सुरक्षा दिने बताए ।उनले कसैको प्रतिष्ठाका लागि सुरक्षाकर्मी अगाडि पछाडि लागेर नहिँड्ने बताए।