FLASH NEWS

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने लामा जेल चलान


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार २०:०७ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान भएका छन् ।


चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका लामा आज जेल चलान भएका हुन् ।

गत मंसिर ७ गते काठमाडौँ जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ ।

साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ।

अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन भनेको छ । उनलाई मंगलबार मात्र काठमाडौँ प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो।