FLASH NEWS

सशस्त्र प्रहरीका दुई हजार १५६ जवान एकैपटक सरुवा [सूचीसहित]


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १०:४३ मा प्रकाशित ४९३ पाठक संख्या

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले एकैपटक दुई हजार १५६ जवानको सरुवा गरेको छ ।


सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको बताइएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आ-आफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक व्यहोरा जनाई दिनहुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

सोर्स फोर्सको भरमा १० वर्षभन्दा बढी एकै ठाउँमा बसेका जवानहरुलाई पनि सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची :