FLASH NEWS

धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल छाउनीमा मृत फेला


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार २२:३६ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौँ – काठमाडौँको छाउनीमा एक जना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।

कन्सल्टेन्ट जनरल सर्जन उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा.पारसमणि स्वर्ण पदक समेत प्राप्त गरेकी थिइन्।