FLASH NEWS

बागमती सरकारमा एमाले पनि सहभागी, थपलियाले लिए मन्त्रीको शपथ


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार १९:५० मा प्रकाशित ७०९ पाठक संख्या

मकवानपुर –  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।


मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराए ।

थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि ०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए ।

हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो ।

थपलिया र बज्राचार्यको मन्त्रीमा नियुक्तिपछि कांग्रेसका मन्त्रीले राजीनामा दिएका चार मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालेका छन् ।