FLASH NEWS

आगामी उपनिर्वाचनमा माओवादी केन्द्रको एमालेलाई समर्थन : अध्यक्ष ओली


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १४:४१ मा प्रकाशित ३६१ पाठक संख्या

काठमाडौँ । सत्तारुढ दल  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने दाबी गरेका छन् ।  एमाले सत्ता साझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।


आगामी चुनाबलाइ लक्षित गर्दै काठमाण्डौमा  राखिएको कार्यक्रममा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन्  । प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले एमालेले सजिलै  जित्ने ओलीको ठोकुवा थियो ।  गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको साथमा  कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि अहिले  त्यस्तो अवस्था नरहेको बताएका छन्  ।