FLASH NEWS

प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार ०६:४८ मा प्रकाशित ५४७ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।


आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले उतर दिनेछन् ।

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउने छन् । उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिमेस्टेक वडा पत्र को प्रावधान माथी सदनमा छलफल गरियोस’ तथा ‘अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।