FLASH NEWS

बाराबाट साढे ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १८:३६ मा प्रकाशित ३९७ पाठक संख्या

काठमाडौं, २० चैत । सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो।


मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथ