FLASH NEWS

दाउरा प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार ०७:२० मा प्रकाशित १३९९ पाठक संख्या

तेह्रथुम। तेह्रथुममा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।


दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।