FLASH NEWS

एकैदिन बढयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार ११:३६ मा प्रकाशित ५२९ पाठक संख्या

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।