FLASH NEWS

आयरल्याण्ड वोल्भ्ससँग नेपाल २१ रनले पराजित


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १५:०९ मा प्रकाशित ५४१ पाठक संख्या

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।


आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५।३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो ।

नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८।३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।