FLASH NEWS

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १६:०२ मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौँ । ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् ।


अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।  यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अहिले कुशल ६१ र आरिफ सेखले ५५ रन बनाएर खेलिरहेका छन् ।यो समाचार तयार गरुन्जेल नेपालले १३ ओभरमा कुनै विकेट नगुमाएर ११९ रन बनाएको छ ।