FLASH NEWS

त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका विवशको शव भेटियो


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १७:५९ मा प्रकाशित ७०३ पाठक संख्या

चितवन –  त्रिशूली नदीमा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखाको पौवाखेतका १८ बर्षीय विवश रोकाको शव भेटिएको छ ।


बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको हो।

चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो ।

दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा विवशको शव फेला पारेको हो ।

शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।