FLASH NEWS

आइपिएल- दिल्लीमाथि कोलकोताको फराकिलो जित


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार ०७:०६ मा प्रकाशित ३५५ पाठक संख्या

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।


कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७।२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।

त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो । यो आइपिएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ ।