FLASH NEWS

जितसँगै शिर्ष स्थानमा उक्लियो आर्सनल


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार ०७:३० मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी लुटन टाउनको भने ३१ खेलमा २२ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।